काठमाडौं- एनएमबी बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच एक समझादीपत्रमा हस्ताक्षर भएको छ।
संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरूलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालनसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख, बुद्धिकुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका तर्फबाट केन्द्रीय उपाध्यक्ष, कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरे।
एनएमबी बैंकले समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्यसहित देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरू साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताएको छ।
बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।