काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आफ्नो १०१औं शाखा धादिङको धार्केमा विस्तार गरेको छ। देशभर ११ लाख भन्दा बढी ग्राहक रहेको बैंकले ३१ राजश्व संकलन काउन्टर, १३१ एटीएमसहित सेवा प्रदान गदै आइरहेको जनाएको छ।
एभरेष्ट बैंकले फराकिलो आन्तरिक तथा विश्वव्यापी सञ्जालमार्फत् व्यावसायिक र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ। सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैंकिङ सुविधा पुर्याउने प्रयासस्वरुप धादिङको धुनिवेशी नगरपालिका धार्केमा १०१औं शाखा विस्तार गरिएको बैंकले जनाएको छ।
धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। राजमार्गसँगै रहेको यस शाखामा एटीएम सेवा २४ घन्टा खुल्ला रहने बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।