काठमाडौं- महान्यायाधिवक्ता अग्नि खरेलले सभामुख अग्नि सापकोटाले एससिसीलाई संसदको प्रक्रियामा अघि नबढाउँदा प्रतिनिधि सभा विघटन गर्नु परेको तर्क गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सरकारी पक्षबाट खरेलले सोमबार र मंगलबार बहस गरेका छन्।
उनले मंगलबार बहसका क्रममा सभामुखले एससिसी संसदमा दर्ता नगरेर अड्काएको आरोप लगाए। उनले भने ,‘संसदमा गएर अड्केर बसेको छ। प्रक्रियामा गएर निर्णय भएको भए हुन्थ्यो, तर केही भएन।’
पहिलो दिन एमसिसीको विषय उठाएका खरेलले मंगलरबार पनि उक्त मुद्दा उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।