काठमाडौं- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको अवहेलना निवेदनको पेशी न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानाको मुद्दा पनि उनकै इजलासले सुनुवाइ गरेको थियो।
शर्माको इजलासले उनीहरूलाई एक साताभित्र आफैं अदालत उपस्थित हुन भनेको छ। प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलना निवेन दर्ता गराएका थिए।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेको समयमा अदालतमाथि टिप्पणी गरेको दाबी निवेदनमा गरिएको छ। दाहालले जनअदालतबाट फैसला गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलनामा कारबाही हुनुपर्ने माग गरेका छन्।
यसअघि प्रधानमन्त्री ओली, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ तथा सुशीला कार्की र पूर्वसभामुख ढुंगानाविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग गरिएको छ।
सबै विपक्षीलाई बाटोको म्यादबाहेक लिखित जवाफसहित सात दिनत्रि उपस्थित हुन अदालतको आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।