काठमाडौं- एभरेस्ट बैंकले धादिङको धार्केबजारमा शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्न सुरु गरेको छ। बैंकले सोमबार धार्केबजारमा शाखाको उद्घाटन गरेको हो।
धुनीबेँशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र एभरेस्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन्।यो बैंकको १०१औं शाखा हो।
राजमार्गसँगै जोडिएको धार्केमा बैंकको शाखासँगै चौबिसै घण्टा खुल्ला रहने एटिएम मेसिनले ग्राहकलाई सुविधा पुग्ने बैंकले विश्वास लिएको छ।
नेपालभर ११ लाख भन्दा बढी ग्राहक भएको बैंकले अन्य १ सय शाखा, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।