काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा पहिलो चरणमा निर्वाचन हुने बताएका छन्। सोमबार सिरहामा आयोजित सभामा बोल्दै ओलीले प्रदेश २ मा वैशाख १७ मा निर्वाचन हुने जानकारी गराएका हुन्।
नेकपा पछिल्लो समय थप गतिशील भएको उनले दाबी गरे। प्रचण्ड–माधव समूह निस्किएपछि पार्टी फेरि गतिशील भएको उनको भनाइ छ। उनले नेकपाको प्रचण्ड–माधव समूहमा रहेकालाई ठग र षडयन्त्रकारी तत्वको संज्ञा दिए।
‘जनतालाई ठग्नेहरु,षडयन्त्र गर्ने तत्वहरुलाई यस चुनावलाई परास्त गर्नुपर्दछ’, ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।