• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धर्मभक्तको सालिकअघि उभिएका केदारभक्तको इच्छा- नेताहरूलाई 'म्याग्नाकार्टा'मा हस्ताक्षर गराउनुपर्छ

64x64
किशोर दहाल आइतबार, माघ १८, २०७७  १९:३५
1140x725

काठमाडौं- 'मेरो इच्छा छ, यो बृहत नागरिक आन्दोलन यति भव्य रुपले अघि जाओस् कि म्याग्नाकार्टा जस्तो हरेक नेतालाई बोलाएर छाप लगाएर 'ल अब छाडिदिऔं, यिनीहरुले माने' भन्नुपर्छ', आइतबार सिफल चौरमा आयोजित 'बृहत नागरिक आन्दोलन' को विरोध सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले आफ्नो सम्बोधनको क्रममा इच्छा व्यक्त गरे।

केदारभक्त माथेमा १९९७ सालका चारमध्ये एक सहिद धर्मभक्त माथेमाका भतिज हुन्। उनै धर्मभक्तको सालिक अघि उभिएर उनले आक्रोशित हुँदै नेताहरुको आलोचनाले मात्रै नपुग्ने बरु 'म्याग्नाकार्टा'मा हस्ताक्षर गराउनुपर्ने दोहोर्‍याए।

नेताहरुप्रति मात्रै होइन, गलत कदमको विरोधमा नउत्रिनेप्रति पनि उनको आक्रोश छ। बिम्ब प्रयोग गर्दै उनले भने, 'कसैले तपाईंको औंलामा टेक्यो भने कमसेकम ऐया त भन्नुपर्‍यो। जानीजानी हो भने त्यो मानिसलाई माफी मगाउनुपर्ने होला। तर अहिले त ऐया पनि नभनी बस्ने मानिसहरु पनि छन्।'

विरोध प्रदर्शनमा प्राध्यापकहरु नदेख्दा आफूलाई दुःख लागेको उनको भनाइ छ। प्राध्यापकहरु भित्रै बलेपछि उनीहरुले आफ्ना छात्राछात्राहरुलाई बाल्न सक्ने उनले बताए। प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिइएपछि नागरिक समाज उठ्नैपर्छ उनको आह्वान छ। अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सनको भनाइलाई सन्दर्भ बनाउँदै उनले प्रजातन्त्र चाहिन्छ भने त्यसको मूल्य तिर्नुपर्ने बताए। 'त्यो मूल्य भनेको सधैं सचेत हुनु हो', उनले भने, 'उठिहाल्नुपर्‍यो।'

संसद् पुनःस्थापना हुँदैमा सबै कुरा मिलिहाल्ला भन्ने आफूलाई नलागेको उनले बताए। देशमा अन्य धेरै भयानक विकृति रहेको भन्दै केहीलाई सिलसिलेवार ढंगले व्याख्या गरे। मुख्यगरी चुनावी प्रक्रिया, हरेक क्षेत्रमा बढेको राजनीतिक हस्तक्षेप, संघीयता र समाजवादप्रतिको प्रतिबद्धताको विषयमा चर्चा गरे।

चुनावी प्रक्रिया महंगो भएको र त्यसले भ्रष्टाचार र गडबडी बढाएको उनको चिन्ता छ। हरेकजसो संस्थामा बढेको राजनीतिकरणको चर्चा गर्दा उनले दिक्दारी व्यक्त गर्दै भने- 'हरे शिव! कोही कोही बेला त के गरौं, के गरौं हुन्छ।'

हाम्रो मुद्दामा पनि साथ देऊ : तुलानारायण साह
लेखक तथा विश्लेषक तुलानारायण साहले प्रतिगमन आज मात्रै नभएको र केपी ओली एक दिनमा नउदाएको बताए। 'केपी ओलीले आज मात्रै प्रतिगमन गरेको हो भन्ने साथीहरुलाई लागेको हुनसक्छ तर मधेसीहरुको नजरमा प्रतिगमन आज मात्रै भएको होइन। केपी ओली एक दिनमा उदाएको पनि होइन', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

साहले अहिले प्रतिनिधि सभा विघटन गरिएको भए पनि बिस्तारै संघीयता र आरक्षणलाई पनि खारेज गरिने चिन्ता व्यक्त गरे। 'निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छन्', उनको आकलन छ।

उनले संविधान जारी हुने बेला मधेसले राखेका असहमतिहरुको चर्चा गर्दै त्यो अहिले पनि कायम रहेको बताए। त्यस्तै, आफूहरुले उठाएको मागमा काठमाडौंको पनि साथ खोजे। 'संविधान जारी हुँदा राजनीतिक स्थायित्वको कुरा गरिएको छ। संविधानले सपना बोकेको छ, चाहेको कसैले संसद् विघटन नगरोस्। यो संविधानले लोकतन्त्रको आधारभूत कुरालाई अंगिकार गरेको छ। त्यसमाथि तुषारापात गरिएको छ। त्यसैले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन गरिएको हो। त्यसैले आफूहरु बृहत् नागरिक आन्दोलनमा आएका हौं। तर हामीले उठाएको मुद्दामा पनि काठमाडौंले समर्थन गर्नुपर्छ', उनले जोडे।

साहले लोकतान्त्रिक प्रणाली मात्रै सबै कुरा नभएको बताए। 'सीमान्तकृतका लागि परिणाम महत्त्वपूर्ण हुन्छ। लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेसका लाखौं दलितहरु भूमिहीन भएका छन्? लोकतन्त्रको अभ्यास हुँदै गर्दा किन यहाँको न्याय सेवामा १० प्रतिशत पनि जनजाति, १० प्रतिशत मधेसी, १० प्रतिशत दलित किन छैनन्? यो प्रश्नको जवाफ कसले दिने? लोकतान्त्रिक प्रणाली त थियो यो देशमा तर परिणाम त के पाइयो?', उनले भने।

साहले सीमान्तकृतका लागि परिणाम महत्त्वपूर्ण भएको बताए। 'अबको आन्दोलन परिणामका लागि पनि गर्नुपर्छ। अनि मात्रै हामी यो आन्दोलनमा साथसाथ रहनसक्छौं। अहिले संसद्को पुनःस्थापना भएपछि आन्दोलन टुंगिने हो भने परिणामको लागि हुने आन्दोनलमा हामी फेरि एक्लै पर्नेछौं', उनले चिन्ता व्यक्त गरे।

नागरिक अभियन्ता रिता परियारले अहिले जे होला भनेर कुरेर बस्ने समय नभएको बताइन्। 'सम्पूर्ण नागरिकहरुलाई म भन्न चाहन्छु- यो समय यथास्थितिमा बसेर जे होला, होला भनेर कुरेर बस्ने समय होइन। अब आउने पुस्ताले हामी जस्तो देशको लागि, हक र हितको लागि पानीको फोहोरा र लाठीको चार्ज खान नपरोस्। हामीले गर्नुपर्ने हजारौं कामहरु थाती राखेर सडकमा आन्दोलनमा आउनु नपरोस्। हामीले हाम्रो पुस्तालाई न्यायमूलक र समतामूलक समाज छाडेर जान सकौं', उनको भनाइ छ।

कार्टुनदेखि कवितासम्म
सिफलको विरोध कार्यक्रममा लेखक तथा बुद्धिजिवीहरुको उपस्थिति थियो। नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, अर्चना थापा, उज्ज्वल प्रसाई, नारायण ढकाल, रिता साह, युग पाठक लगायतको उपस्थिति थियो। कार्यक्रमको सुरुवातमा उनीहरुले विभिन्न आह्वान र आग्रह समेटिएको पर्चा-पम्प्लेट बोकेका थिए। केपी ओलीमाथि व्यंग्य गर्दै विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कार्टुनहरु पनि प्रदर्शन गरिएका थिए।

'जो रक्षक उही भक्षक', 'संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार', 'संविधानको संरक्षण गर असंवैधानिक कदम फिर्ता गर', 'सरकार संविधान सुधार्ने कि मास्ने?', 'संसद् विघटनको दुस्साहस लोकतन्त्रको उपहास', 'संविधानमाथि तीरैतीर प्रतिगामीलाई खिरैखिर', 'समृद्धिक यात्रा ओलीको गाइजात्रा' लगायतका नारा लेखिएका पर्चा-पम्प्लेट मार्फत प्रतिनिधि सभा विघटनको विरोध गरिएको थियो।

लेखक सञ्जीव उप्रेतीले बोकेको पम्प्लेटमा कवि स्वप्निल स्मृतिको कविता-अंश उल्लेख थियो-
जङ्गबहादुरहरू
इतिहासमा मर्छन् अन्तिम पटक
विद्यार्थीहरू पढ्दापढ्दै बन्द गर्छन् इतिहासको पुस्तक
तर पनि—
किन जन्मिरहन्छन् अझै नयाँ—नयाँ जङ्गबहादुरहरू, हँ ?

सम्बोधन कार्यक्रममा पनि केही कविता वाचन भएका थिए। नाट्यकर्मी आशान्त शर्माले आफ्नो प्रस्तुतिमार्फत धर्मभक्त माथेमाको बयान प्रस्तुत गरेका थिए- 'म धर्मभक्त माथेमा। प्रजातन्त्र र नागरिक अधिकार निम्ति समर्पित एक योद्धा…।' त्यस्तै, दृष्टिविहीन कलाकारहरु ईश्वर बलामी, रमेश सुवेदी, सृजना तामाङ र निरज थापा मगर गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा योगेश राल्फालीले तामाङ भाषामा आफ्नो कविता प्रस्तुत गरेका थिए। उनले २०५५ सालमा धुलिखेल कारागारमा बस्दा लेखेको कविता सुनाए। ''त्रासदी बीचको आमाको पुकार' भनेर कविता लेखेको थिएँ। मलाई लाग्छ, अझै त्रासदी हटेको छैन', उनले भने। त्यस्तै, कवि तुम्बापोको 'ओ तानाशाह' कविताको अंश थियो-
हे तानाशाह,
नठान्नु यतिञ्जेलसम्म हाम्रा हातहरु खालि हुनेछन्
ओ तानाशाह,
यतिञ्जेलसम्म हाम्रा हातहरु हतियार भइसकेका हुनेछन्

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १९:३५
  • ##tesroJanaAandolan
  • ##Tesro_Jana_Aandolan
  • ##kedarbhaktaMathema

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्