काठमाडौं- सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया चयन भएका छन्। माघ १६ गते बसेको सञ्चालक समितिको ३६२औं बैठकबाट केडिया सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी २०७३ फागुन ५ देखि २०७७ माघ १६ सम्म बैंकको संचालक समितिको अध्यक्ष थिए।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार केडियालाई अध्यक्षको पद तथा गोपनीयताको सपथ गराएका छन्।
केडिया केडिया अर्गनाइजेसन, केडिया इन्टरनेसनल, वृज सिमेन्ट, अर्घाखाँची सिमेन्ट, श्री स्टिलस्, एसियन कनक्रेटो, वृज ग्लास, केडिया इन्भेस्टमेन्ट कर्पोरेसनलगायतका कम्पनीसँग आबद्ध छन्। उनले उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।