काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५४.७५ अंकको गिरावट देखिएको छ। नाफा बुक गर्ने लगानीकर्ताको चापका कारण परिसूचक २.२६ प्रतिशतले घटेर २३७०.५४ अंकमा कायम भएको हो।
आइतबार २०६ वटा कम्पनीको १ करोड ६२ लाख ७७ हजार कित्ता सेयर ९६ हजार १ सय ५६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ परिसूचक पनि ९ दशमलव ७३ प्रतिशतले घटेको छ भने सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६०.३७ अंकले घटेको छ।
त्यस्तै, निर्जीवन बीमा समूह २६४.०४, उत्पादन समूह १३२.९५, लघुवित्त समूह १२१.२३ र विकास बैंक समूह ५१.४६ अंकले घटेको छ। बैंकिङ, व्यापार, होटल, जलविद्युत र अन्य समूह क्रमशः ४२.०१, १९.९६, २३.०२, ३७.१२, र २५.५९ अंकले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३९ करोड ८९ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार भएका सेयर संख्याको आधारमा सबैभन्दा धेरै सेन्चुरी कमर्सियल बैंकको ६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।