काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका छन्।
प्रचण्ड–माधव पक्षले माइतीघरमा जारी राखेको धर्नामा आइतबार बोल्दै उनले ओलीले माघ २३ गते हिन्दूराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका हुन्। मन्दिर–मन्दिर धाउने गरेका ओली अब कम्युनिष्ट नरहेको बताउँदै पाण्डेले ओली पक्षको २३ गते हुने कार्यक्रमका लागि राजावादीहरूलाई सहभागी हुनका लागि उर्दी जारी भएको उल्लेख गरे।
उनले ओली प्रतिगमनतर्फको यात्रामा रहेको बताए। अहिले उनलाई प्रतिक्रियावादीहरूले मात्र साथ दिएको पाण्डेको टिप्पणी छ।
यो समूहले यसअघि माघ २१ गतेसम्म धर्ना जारी राख्ने बताएपनि संघर्षका अन्य कार्यक्रममा व्यस्त हुनुपरेको भन्दै आजैदेखि धर्ना अन्त्य गरेको छ। आजको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।