काठमाडौं- प्रतिनिधि सभा विघटनपछि विरोध कार्यक्रम गर्दै आएको ‘बृहत नागरिक आन्दोलन’ले आइतबार काठमाडौंको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ।
‘बृहत नागरिक आन्दोलन’को तर्फबाट ‘प्रतिगमनविरुद्ध प्रतिरोधमा सामेल हुन आह्वान’ गरिएको सूचनामा दिउँसो २ बजेका लागि विभिन्न कार्यक्रम तय गरेको जनाइएको छ।
कार्यक्रममा केदारभक्त माथेमा, तुलानारायण साह, रिता परियारले मन्तव्य राख्नेछन्। त्यस्तै, चन्द्रवीर तुम्बापो र योगेश राल्फालीले कविता वाचन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।