नयाँ दिल्ली- भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिकै बम विस्फोट भएको छ। एपिजे अब्दुल कलाम रोडको फूटपाथमा शुक्रबार साँझ विस्फोट भएको ‘द टाइम्स अफ इन्डिया’ले जनाएको छ।
विस्फोटको प्रकृतिको बारेमा अनुसन्धान भइरहेको प्रकाशित समाचारमा जनाइएको छ। विस्फोट भएको क्षेत्रमा सिसाका टुक्राहरू भेटिएका छन्।
विस्फोटमा कोही घाइते नभएको र घटनम कसले घटाएको हो भन्नेबारे अनुसन्धान भइरहेको दिल्ली प्रहरी सिनियरले जनाएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।