काठमाडौँ- गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले सुबुरा इम्पेक्सलाई भिटारा ब्रेजा गाडी हस्तान्तरण गरेको छ। कम्पनीको एडभान्स क्लब्ड स्किमअन्तर्गत गाडी हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।
बुधबार सुबुरा इम्पेक्सलाई १५ सय सिसीको भिटारा ब्रेजा गाडी हस्तान्तरण गर्दै नेपाल ल्युब आयलका डेपुटी जनरल म्यानेजर दिवाकर मिश्रले बिक्री लक्ष्य प्राप्त गरेकाले सुबुरालाई गाडी प्रदान गरिएको बताए। सुबुराका रामेश्वर घिमिरेलाई गाडीको चाबी मिश्रले हस्तान्तरण गरेका थिए।
सुबुरा नेपाल ल्युब आयल लिमिटेडको आधिकारिक बिक्रेता हो। ल्युबले विभिन्न बिक्री योजना ल्याउँदै आएको छ। आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ मा लगातार टार्गेट पूरा गरेका विक्रेतालाई गाडी हस्तान्तरण गरिएको हो।
सुबुराले काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।