काठमाडौं- बलिउड कलाकार बरुण धवनले नताशा दलालसँग लगनगाँठो कसे। आफूले बिहे गर्ने बित्तिकै उनले अन्य कलाकारको पनि पोल खोल्न थालेका छन्।
बरुणले घुमाउरो पारामा छिट्टै श्रद्धा कपुर र रोहन श्रेष्ठको बिहे हुने बताएका छन्। बजारमा हल्ला चलेअनुसार बरुण र नताशा पछि अब श्रद्धा कपुर बिहेको बन्धनमा बाँधिदैछिन्।
यही विषयमा श्रद्धा कपुरका पिता तथा कलाकार शक्ति कपुरले प्रतिक्रिया जनाएका छन्। उनले रोहन श्रद्धाको बच्चा बेलाको साथी मात्रै हो, त्यो बाहेक अरु केही हैन भनेका छन्।
शक्ति कपुरले भनेका छन्, ‘इन्टरनेटमा कस्तो हल्ला चलिरहेको छ म जान्दिनँ तर, आफ्नी छोरीको साथमा सधैं हुनेछु।’ छोरीले जस्तो निर्णय लिएपनि त्यसमा आफूले साथ दिने उनको भनाइ छ।
शक्तिले अगाडि भने, ‘रोहन निकै राम्रो केटा हो । ऊ घरमा आउने-जाने गरिरहन्छ।’ सानै उमेरदेखि घर आउजाउ भएपनि श्रद्धाले रोहनसँग बिहे गर्ने योजनाबारे आफूलाई नसुनाएको लाइभ हिन्दुस्तान ले लेखेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।