वासिंटन- अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेश जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरेको बिबिसीले उल्लेख गरेको छ।
‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाएको थियो।
बाइडेनको कार्यकारी आदेशले विदेशमा रहेका संस्थाहरुलाई प्रजनन स्वास्थ्यबारे सेवाहरु प्रदान गर्नका लागि अमेरिकी सहायता प्राप्त गर्नका लागि सहज बनाएको छ। अमेरिकी सहायता प्राप्त गरेका संस्थालाई गर्भपतनबारे छलफल समेत गर्नमा रोक लगाइएकाले नेपालमा प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका विभिन्न संस्थाहरु प्रभावित भएका थिए।
जसमा कारण नेपाली महिलाहरुका लागि प्रजनन स्वास्थ्यबारे कार्यक्रम चलाइरहेका संस्थाहरुले आफ्ना कार्यक्रमको स्वरुप नै परिवर्तन गर्नुपरेको थियो। साथै ग्रामिण क्षेत्रका कैयन नेपाली महिलाहरू प्रजनन स्वास्थ्यबारे सेवा र जानकारी लिनबाट समेत वञ्चित हुन पुगेका थिए। नेपालमा अमेरिकि सहयाेगमा लामाे समयदेखि यस्ता कार्यक्रम चलेका थिए। तर ट्रम राष्ट्रपतिमा आएपछि कानुन बनाएर राेक लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।