काठमाडौं- चलू आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासिक अवधिसम्ममा एनएमबी बैंकको नाफा १ अर्ब ६१ करोड पुगेको छ। बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार बैंकको नाफा १ अर्ब ६१ करोड पुगेको हो।
बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ। निक्षेपमा १४.६१ अर्ब र कर्जा तथा सापटमा २१.८८ अर्बले वृद्धि गरेको बैंकले जनाएको छ।
पौष मसान्तसम्ममा बैंकको पूँजी कोष अनुपात १३.६८% रहेको छ भने निष्क्रिय कर्जाको अनुपात २.३८% रहेको बैंकले उल्लेख गरेको छ।
एनएमबी बैंक विगत ४ वर्षमा ३ पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भएको भने विश्व बैंकअन्तर्गत रहेको आइएफसीबाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।