काठमाडौं- साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.५५ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार २३६८.८३ अंकमा रहेको परिसूचक बिहीबार २४२५.२९ अंकमा कायम भएर कारोबार रोकिएको छ।
बिहीबार २०९ वटा कम्पनीको २ करोड १८ लाख ६९ हजार कित्ता सेयर ८० हजार ६ सय ८० पटक खरिद बिक्री हुँदा ९ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
निर्जीवन बिमा समूह, उत्पादन समूह र लघुवित्त समूहको उपसूचक क्रमशः ४१०.३९, १६७ र ८७.२४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४३.२५ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ४१.०८, व्यापार ४.९८, होटल २५.९६, जलविद्युत २२.९१, वित्त १८.२ र जीवन बिमा समूह ४२.४७ अंकले घटेको छ।
बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५६ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले प्रतिकित्ता ६.७८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।