काठमाडौं- सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई मध्यनजर गर्दै बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको बताएका छन्।
पार्टीभित्र देखिएको आन्तरिक कलह र फुटको स्थितिले बाहिर सकारात्मक सन्देश नजाने बताउँदै गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गन लागेको उनको सचिवालयले जनाएको छ।
बुधबार (आज) सिद्धार्थ कटेज धोविघाटमा बिहान ११ बजे पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने उनको सचिवालयले जनाएको छ।
‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ। त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौँ’, गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकताबद्ध गर्ने उद्देश्य राखिएको छ।’
‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका विभिन्न समाचारको समेत गौतमको सचिवालयले खण्डन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।