नयाँदिल्ली–भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ। दिवसमा अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिनेछ।
विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ। यस्तै, यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन।
गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन। कोरोनाका कारण कसैलाई पनि निम्तो नदिइएको बताइएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि उनले भ्रमण स्थगित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।