काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने संविधान नै अलग भएकाे भनी व्यंग्य गरेका छन्। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै यस्ताे टिप्पणी गरेका हुन्।
संवैधानिक इजलासमा चलिरहेकाे बहसमा रिट निवेदक देव गुरुङका तर्फबाट बहस गर्दै उनले सबैले अध्ययन गर्ने एउटै संविधान भएकाे भन्दै पदमा हुँदा एउटा र बाहिर आएपछि अर्काे नहुने दाबी गरे।
'संविधानले चिनेकाे संवैधानिक इजलास भएकाले प्रधानमन्त्री र राष्ट्रपतिले गरेकाे कामबारे बहस हुँदै छ,' थापाले भने, 'प्रधानमन्त्रीसँग अर्काे संविधान छ भने अर्कै कुरा! नत्र श्रीमानहरूले इजलासबाट पनि संविधान पल्टाउनु भएकाे छ। पदमा नहुँदा अर्कै हुने र अहिले अर्काै संविधान हुँदैन हाेला।'
उनले प्रधानमन्त्री, संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्तामाथि पनि व्यंग्य गरेका छन्।
यसअघि नेम्वाङ र खरेलले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्ने भनेका थिए। तर अहिले उनीहरूले विघटनलाई समर्थन गरेका छन्।
संवैधानिक इजलासमा गत आइतबारदेखि बहस चलिरहेकाे छ। संविधानले विघटनकाे अधिकार नदिएकाे तर पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएकाे दाबीसहित अदालतमा १३ थान निवेदन सुनुवाइका क्रममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।