टेक्सास–भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोगमा अमेरिकाको टेक्सासका एक जना डाक्टर पक्राउ परेका छन्।
टेक्सासको ह्युस्टन क्षेत्रमा डाक्टर हसन गोकालले ९ डोज भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो।
यो अभियोग पुष्टि भएमा उनलाई १ वर्षसम्म जेलसजाय र ४ हजार डलरसम्म जरिवाना हुनेछ । ह्यारिस काउन्टी पब्लिक हेल्थमा कार्यरत ती डाक्टरले मोडेर्ना भ्याक्सिनका डोज चोरेर श्रीमतीसहित परिवारका सदस्य र साथीहरु गरी ९ जनालाई लगाइदिएको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।