काठमाडौं- 'बिच्च-बिच्चमा' बोलको गीतमार्फत् चर्चित बनेका गायक दुर्गेश थापा बाबु बनेका छन्। दुर्गेशले सामाजिक सञ्जालमा बच्चासँगको फोटो सार्वजनिक गर्दै ‘सुनौलो संसारमा तिमीलाई स्वागत छ’ लेखेका छन्।
आफू बाबु बनेको कुरा सार्वजनिक गरेपनि उनले बिहे भएको कुरा भने बताएका थिएनन्।
केही महिनाअघि मात्रै एक कार्यक्रममार्फत् म्युजिक भिडियोबाट प्रेमिका सार्वजनिक गरेको छु भनेका उनले अहिले भने बच्चा नै सार्वजनिक गरेका हुन्।
६ महिनाअघि ‘तिमी यति राम्री किन, पर्छ जवाफ दिन’ बोलको गीतमार्फत् उनले प्राची लामालाई म्युजिक भिडियोमा डेब्यु गराएका थिए। उनै प्राचीले दुर्गेशलाई बाबु बनाएकी हुन्।
दुर्गेशलाई कलाकार तथा सञ्चारकर्मीहरूले बाबु बनेकोमा बधाई दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।