मुम्बई–बलिउड अभिनेता वरुण धवनको नताशा दलालसँग लगनगाँठो कस्सिएको छ। आइतबार अलिवागस्थित निकै महंगो होटल ‘द मेशन’ मा उनीहरुको विवाह भइरहेको हो। उक्त होटलको एक रातकै भारतीय रुपैयाँ ४ लाख पर्ने बताइएको छ।
वरुण धवनसँग लामो प्रेम सम्बन्धमा रहेर विवाह गरेकी नताशा को हुन्?
नताशा भारतकी फेशन डिजाइनर हुन्। उनले न्युयोर्कस्थित फेसन डिजाइन अफ टेक्नोलोजी (एफआइए) मा फेशन डिजाइनिङको अध्ययन गरेकी हुन्। अध्ययन पूरा गरी उनी सन् २०१३ मा भारत फर्किएकी हुन्।
भारत फर्किएपछि उनले आफ्नै फेशन डिजाइन हाउस खोलिन्, जसको नाम नताशा दलाल लेबल रहेको छ । उनको फेशन हाउस भारतमा विवाह र पार्टीहरुमा कपडा डिजाइन गर्नका लागि चर्चित छ।
फेशन डिजाइनर नताशा र अभिनेता वरुणले सँगै पढेका थिए। करिना कपुरको एक टेलिभिजन शोमा वरुणले आफूहरुको पहिलो भेटबारे बताएका थिए।
उनका अनुसार नताशासँग वरुणको पहिलो भेट कक्षा ६ मा पढ्दा भएको थियो। लामो समयसम्म उनीहरु मिल्ने साथी थिए। धेरैपछि मात्रै उनीहरुले प्रेमी–प्रेमिकाको रुपमा डेटिङ सुरु गरेका थिए।
यी दुइले लामो समयसम्म आफ्नो प्रेमसम्बन्धलाई लुकाएका थिए। यसको कारणबारे वरुणले भनेका छन्– नताशालाई धेरै चर्चामा आउन मन पर्दैन।
दुई वर्षअघि वरुणले सामाजिक सञ्जाल इन्स्टाग्राममा नतासासँग आफ्नो प्रेम सम्बन्धबारे लेखेका थिए। त्यो समयमा नताशाको जन्मदिन पारेर वरुणले शुभकामनासँगै उनीसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।