काठमाडौं–ललितपुरका विभिन्न स्थानमा शनिबार बत्ती काटिने भएको छ। नेपाल विद्युत प्राधिकरणकाअनुसार वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन विद्युत पोल सार्ने र ट्रान्सफर्मर मर्मतसम्भारको काम गर्न बत्ती काट्न लागिएको हो।
प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म बत्ती हुनेछैन। चापागाऊँ फिडरअन्तर्गत पर्ने चापागाउ दोबाटो, साङ्पाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल दोबाटो, ठेचो, चापागाऊँ, टौखेल, लेले, टीकाभैरव, गोट्टिखेल, माल्टा तथा दक्षिण ललितपुर क्षेत्रमा लाइन काटिने छ। सडक विस्तारका कारण यी स्थानहरुमा विद्युत पोल सार्ने काम भईरहेको र पोल सार्दा चापागाउँ फिडर सटडाउन गर्नु परेको प्राधिकरणले जनाएको छ।
त्यस्तै पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानहरुमा दिउँसो ११ बजेदेखि १ बजेसम्म बत्ती काटिनेछ। उक्त वितरण केन्द्रको बागमती फिडरअन्तर्गत पर्ने कालोपुल क्षेत्रमा विद्युत स्वीच मर्मतसम्भार र कुपन्डोल नानिचा पसल छेउको ट्रान्सफर्मर बनाउनका लागि बत्ती काट्न लागिएको हो। यो फिडरअन्तर्गत वितरित स्थानहरु सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा, मोड, रेडियंट स्कुललगायतका क्षेत्रहरुका शनिबार दिउँसो बत्ती हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।