काठमाडौं–जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका छन्।
उनले शुक्रबार अबेर ट्वीट गर्दै आफूले पूर्वप्रधानमन्त्री तथा दलका नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेटघाट गरेको जनाएका हुन्। यस्ता भेट गर्दैरहने पनि उनको भनाइ छ।
‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।