फाइल तस्बिर
काठमाडौं- शुक्रबार काठमाडौंमा उपस्थित सभालाई माधव कुमार नेपालले कास्टिङमात्रै भएको बताएका छन्।
'आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिइरहेको छ। २०६२/६३ मा जसरी जनता आन्दोलित भएका थिए। त्यस्तै झल्को दिएको छ। त्यसैले मैले भनेको यो कास्टिङ मात्रै हो', नेपालले भने।
प्रचण्ड-माधव पक्षको अध्यक्ष समेत रहेका उनले ओलीले संविधान, पार्टी, स्थायित्वमाथि खड्ग प्रहार गरेको बताए।
ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नका लागि उनलाई स्पष्टीकरण पत्र पठाएको भए पनि जवाफ नआएको उनले बताए। 'उनले सुध्रिएको, गल्ती गरेको स्वीकारेको, माफी मागेको, प्रतिनिधि सभा विघटन गर्नु गलत भएको र जुलुसमा म पनि सामेल हुन्छ भनेर पत्र पठाए कि भनेको रहेनछ', उनले भने।
नेकपा-नेकपा मिल्ने हुन् कि भनेर आशंका गर्नेहरुलाई नेपालले भने- हामी मूल्य र विचारको राजनीति गर्छौं।
ओलीले प्रचार गरेजस्तो नेकपाको झगडा कुर्सीको नभएको नेपालको भनाइ छ।
ओलीको पक्षमा पार्टी केन्द्रीय कमिटीका सय जना मात्रै भएको नेपालले बताए। आफ्नो पक्षमा भने तीन सय जना भएको उनको दाबी छ।
'उहाँलाई साइबर सेना, अरिंगाल मन पर्छ। त्यस प्रवृत्तिको विरुद्ध लडिराखेका छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।