काठमाडौं-सुनसरीको ईटहरीमा किया तथा ईसुजुको नयाँ सोरुम सञ्चालनमा आएको छ। ओम साई मोटो कर्पले उक्त सोरुम सञ्चालनमा ल्याएको हो। लामो समयदेखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको ओम साई मोटो कर्पले ईटहरी क्षेत्रमा स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।
किया र इसुजुका गाडीहरुको आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालिले नेपाली बजारमा गाडी ल्याउँदै आएको छ। ओम साई मोटो कर्पले सुनसरीका उपभोक्तालाई किया र इसुजुका गाडी उपलब्ध गराउने छ। कम्पनीले यही माघदेखि आधिकारिक बिक्रेताको रुपमा सोरुम सञ्चालनमा ल्याएको जनाएको छ।
ओम साई मोटो कर्प प्रालिका प्रवन्ध निर्देशक पारसमणि गेलालले कियाका सोनेटदेखि कार्निभलसम्म इटहरीको सोरुममा उपलब्ध हुने बताए। त्यस्तै इसुजुका डिम्याक्स सिंगल क्यावदेखि एमयुभी जिपमसम्म उपलब्ध हुनेछ। सोरुम सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले विशेष छुटको व्यवस्था समेत गरेको गेलालले बताए।
कियाका नयाँ एसयुभीहरुमा उत्कृष्ट विशेषताहरु छन्। सुरक्षा तथा स्टाइलिस ड्राइभिङ अनुभव दिलाउन कियाका कार सक्षम रहेको दाबी कम्पनीले गरेको छ। कारले नयाँ युगका लागि आधुनिक प्रविधियुक्त बिएस ६ इन्जिन, इन्धन किफायती, बस्नका लागि धेरै स्पेस तथा सुरक्षाजस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ।
ओम साई मोटो कर्प प्रालिले सन् २०१८ को नाेभेम्वरदेखि ईटहरीमा सोरुम खोली सेवा दिइरहेको छ भने यसै आर्थिक वर्षदेखि आफ्नो आधुनिक सोरुम र वर्कसपको व्यवस्था गरी ग्राहकलाई अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको लिएको प्रवन्ध निर्देशक पारसमणि गेलालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।