काठमाडौं–प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि छैटौं दिनको बहस सर्वोच्च अदालतमा जारी छ। शुक्रबार बहस हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस गर्ने वकिलहरु धेरै भएकाले छोटो बहस गर्न आग्रह गरेका थिए। उनले भने, ‘हामी २ महिनासम्म बहस गर्न परे पनि दिन तयार छौं, तर कति लम्ब्याउने भन्ने तपाईंहरुको कुरा हो, छोटो–छोटो बहस गर्नुहोला।’
गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए। सबै रिटको संवैधानिक इजलासमा बहस भइरहेको छ। बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घन्टाको समय बुधबारबाट निर्धारण गरिएको थियो। तर वकिलहरुले निर्धारित समयसीमा पालना गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।