काठमाडौं-चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आइपिओ) आज बाँडफाँट गरेको छ।
चन्द्रागिरीको आइपिओ निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने २ जनाले ११ कित्ता पाएका छन्।
कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणतर्फको १५ लाख ३४ कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो। जसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याईएको थियो। कम्पनीले निष्काशन गरेको प्राथमिक सेयरमा सर्वसाधारणबाट १२ लाख ५१ हजारले आवदेन परेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।