काठमाडौं– नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनका विरुद्ध विभिन्न खाले संघर्षको कार्यक्रम गर्दै आएको यो पक्षले काठमाडौंमा जुलुस र सभा आयोजना गरेको हो।
शुक्रबारको जुलुस विभिन्न ९ ठाउँबाट सुरुवात हुने छ। जुलुसहरुको नेतृत्व गर्न स्थायी कमिटी सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ।
सबै जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुनेछ। त्यसपछि उक्त जुलुस रत्नपार्क-बागबजार-पुतलीसडक- प्रदर्शनी मार्ग-भद्रकाली-सहिदगेट-एनएसी-भोटाहिटी-रत्नपार्क-विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ।
यसअघि सडक प्रदर्शनका लागेका नाराहरु विवादित भएपछि प्रचण्ड-माधव पक्षको केन्द्रीय संघर्ष समितिले निर्धारित नारा मात्रै लगाउन निर्देशिका जारी गरेको छ।
सभालाई सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले सम्बोधन गर्नेछन्।
विरोध जुलुस र सभा शान्तिपूर्ण हुने प्रचण्ड-नेपाल पक्षले प्रतिबद्धता जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।