बगदाद–इराकमा ३२ जनाको ज्यान जाने गरी बिहीबार भएका दुई आत्मघाती आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ।
बगदादको तायारान स्क्वायरको सेकेण्डह्याण्ड मार्केटमा मानिसहरुको भीडका बीच आक्रमण भएको थियो। आक्रमण शिया मुस्लिम समुदायलाई लक्षित गर्दै भएको आइएसले जनाएको छ।
सन् २०१७ मा पराजय भोगेयता आइएस ठूला आक्रमणमा सहभागी भएको थिएन। बिहीबारको आक्रमणमा १ सयभन्दा बढी घाइते भएका थिए।
इराकी रक्षामन्त्रालयले जनाएअनुसार पहिलो आक्रमणकारीले आफू बिरामी भएको भन्दै सहयोगका लागि मानिसको भीड जम्मा गरेपछि आफूलाई बमले उडाएको थियो। दोस्रो आक्रमणकारीले पनि मानिसको भीड जम्मा भएपछि बिस्फोट गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।