• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख ६, २०८३ Sun, Apr 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले पत्रकारलाई 'पाठ पढाएका' ८ विषय 

64x64
नेपाल लाइभ बिहीबार, माघ ८, २०७७  २२:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेला पत्रकारहरूलाई पाठ पढाइरहन्छन्। कुनै बेला पत्रकारितामाथि प्रश्न उठाउँछन् भने कुनै बेला पत्रकारहरूमाथि नै खनिन्छन्।

लकडाउनका बेला राजधानी छोडेर पैदलै टाढा टाढा पुग्नेहरूको फोटो र समाचार छापेर आफू नेतृत्वको सरकारलाई बदनाम गराउन लागिपरेको भन्दै समग्र सञ्चारजगत् माथि खनिएका उनै प्रधानमन्त्री ओलीले बिहीबार पुनः सञ्चारकर्मीको ओलोचना भ्याएका छन्, आफूनिकट प्रेस संगठनको भेलामा। 

भेलामा सम्बोधन गर्दै ओलीले पत्रकारलाई निष्पक्ष हुनुपर्नेदेखि लिएर पीत पत्रकारिता र समाचार लेख्दा 'तिमी' सम्बोधन गरेर लेख्न नहुने पाठ पढाए।प्रधानमन्त्री ओलीले सम्बोधन, देशभक्ति, मानव अधिकारका पक्ष, समाजिक न्याय र समानताको पक्ष, पत्रकारले अपडेट हुनुपर्ने, पत्रकार उदाहरणीय बन्नुपर्ने, सत्य समाचार र पीत पत्रकारिता गरी मुख्यत ८ विषयमा पत्रकारलाई पाठ पढाएका छन्।

कार्यक्रममा उनले सबैभन्दा पहिला समाचार लेख्दा उल्लेख हुने सम्बोधनको भाषामा आपत्ति जनाए। मध्यम आदरार्थी शब्द 'तिमी'लगातयका सम्बोधनप्रति ओलीको आक्रोश थियो। उनले यही विषयमा पत्रकारहरूलाई पाठ पढाएका थिए। विगतमा पनि उनले सञ्चारमाध्यमले लेख्दै आएको 'तिमी' सम्बोधनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

आफू निकट पत्रकारहरुको भेलामा पनि उनले यस विषयमा बिबिसीको उदाहरण दिँदै पाठ पढाएका छन्। 'बिबिसीले 'यू' भन्दियो। 'यू'को अनुवाद गर्‍यो तिमी। तिमी चलाइदियो। उसलाई त हाम्रो सभ्यता, शिष्टता, मर्यादा, संस्कृतिमाथि हमला गर्नुछ त्यही भएर भन्दियो। अनि हामीले हाम्रो भाषा हाम्रो संस्कृति आफूभन्दा ठूलालाई तपाईं भन्नुपर्छ। त्यो छाड्दिएर 'यू' वालामा गयौं हामी। बडो गर्वका साथ। तर हामी फर्कनुपर्छ,' कार्यक्रममा उनले भने।

तिमी सम्बोधनका विषयमा उनले पत्रकारलाई राजतन्त्रको समयको उदाहरण दिँदै त्यसबेलाको समयमा जस्तो 'हुकुम बक्सियो, सवारी भयो' जस्ता शब्द लेख्न नसकेपनि तपाईं लेख्नुपर्ने बताए। 

'हिजो राजतन्त्र हुँदा, दरबार हुँदा, राजा हुँदा, राजाका श्रीमती हुँदा, राजाका छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौं? हेर्नुस् न भन्दैनथ्यौं, उहाँले भन्नुभो भन्दैनथ्यौं, हुकुमबक्सियो। हेर्नुभयो भन्दैनथ्यौं, नजर भयो भन्थ्यौँ। उहाँले खानुभयो भन्दैनथ्यौं, ज्युनार भयो। हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो भन्ने गर्थ्यौँ। 

अहिले त हेर्नुहोस् पनि होइन, 'हेर'। 'हिँड्नुभो', 'खानुभो' भन्न पनि हामीलाई गाह्रो छ। आज हामी 'हिँडे', 'खाए', 'उनले हेरे', यस्तो भाषा मात्र बोल्छौं। 'हाम्रा बाले हेरे', 'हाम्री आमा पनि त्यहीँ छिन्, तिनले पनि हेरिन्' लेखिरहेका छौँ। तपाईंहरु त्यही लेख्नुहुन्छ नि होइन र पत्रिकामा? त्यही त लेख्नुहुन्छ नि!,' प्रधानमन्त्री ओलीले आक्रोश भंगीमा भने। 

nimb
nimb
Ncell 2
Ncell 2

राजतन्त्रको समयको उदाहरण दिँदै त्यसबेलाको समयमा जस्तो 'हुकुम बक्सियो, सवारी भयो' जस्ता शब्द लेख्न नसकेपनि तपाईं लेख्नुपर्ने ओलीले बताए। 

नेपालको सामाजिक मूल्य-मान्यता र संस्कृतिको ख्याल गर्दै लेख्ने कुरामा ध्यान दिन ओलीले आग्रह गरेका छन्। राजाको समयमा जस्तो 'बक्सिनुभयो' नलेखेपनि कम्तीमा तपाईं भनेर लेख्नुपर्छ भन्ने उनको आग्रह थियो। 

'तपाईंहरू पनि कति होसियारीका साथ, कति बेहोसीका साथ लेख्नुपरो भने 'तिमी' लेख्नु हुन्छ। बा-आमा, हजुरबाहरूलाई तपाईं भन्नु हुन्छ जस्तो लाग्दैन, तिमी भन्नुहुन्छ जस्तो लाग्छ। किनभने अंग्रेजीमा 'यू' भन्ने मात्र हुन्छ। नातीलाई पनि 'यू', हजुरबालाइ पनि 'यू'। त्यसकारण त्यही सिकेर तपाईंहरु कसैलाइ पनि तपाईं भन्नुहुन्न। 'ए बाउ तिम्रो हालखबर के छ हँ?' हामी तपाईंवाला होइन, हामी एड्भान्स तत्व। हामी चाँहि 'यू' वाला हो 'यू'। तपाईंवाला होइन 'यू'। 'यू' भन्या तिमी। गजब छ हाम्रो नक्कलबाजी,' ओलीले भने। 

त्यसपछि प्रधानमन्त्री ओलीले पत्रकारलाई देशभक्तिको पाठ पनि पढाए। उनले पत्रकारहरुलाई कुनै पनि अर्थमा देशभक्तिमा कमी आउन दिन नहुने कुरामा जोड दिए। 

'कुनै पनि सर्तमा, कुनै पनि अर्थमा तपाईंहरुमा देशभक्ति किञ्चित् कमी आउनु हुँदैन। देशभक्ति हुनुपर्दछ। देशभक्ति नभएको नेपाली नेपाली त नागिरकताको हिसाबले, कागजपत्रको हिसाबले त होला। वास्तवमा मनको, भावनाको हिसाबले जसमा देशभक्ति छैन त्यो के नेपाली? त्यसकारण हामी नेपाली हुनुपर्दछ। नेपाली भएर जिउँनुपर्छ। हामी विकाउ वस्तु होइन। हामी पहिलो कुरा, साँचो अर्थमा देशभक्त हुनुपर्छ। नक्कली देशभक्त होइन,' उनले भने।

देशभक्तिको पाठ पढाएपछि प्रधानमन्त्री ओलीले मानवजातिको अधिकारका विषयमा पत्रकारको कलम चल्नुपर्ने विषयमा जानकारी दिन थाले। भने- 'मानवजाति सदैव अधिकारको पक्षमा हुन्छ। आफ्नो अधिकार। त्यो अधिकार प्राप्त गर्ने प्रयोग गर्ने अवसरसम्म पुग्ने पक्षमा हुन्छ। तपाईंहरुले ती कुरामा सचेत हुनुपर्छ र मानवजातीको अधिकारको निम्ति, अवसरका निम्ती तपाईहरुले लेख्नु, बोल्नु, पढ्नु पर्छ। मानिसले असमानता चाँहदैन। समानता चाहन्छ। त्यसकारण तपाईंहरुले मानवजातिका बीचमा असमानता होइन, समानताको पक्षमा वकालत गर्नुपर्छ।'

पत्रकारलाई पाठ पढाउने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारको बुद्धि कोल्टो पर्न नहुने, लोकतन्त्र र सामाजिक न्यायका तर्फ कलम चल्नुपर्ने कुरामा पनि जोड दिए।

पत्रकारलाई पाठ पढाउने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारको बुद्धि कोल्टो पर्न नहुने, लोकतन्त्र र सामाजिक न्यायका तर्फ कलम चल्नुपर्ने कुरामा पनि जोड दिए।

'तपाईंहरुले सामाजिक न्याय र समानताको पक्षमा कुरा गर्नुपर्दछ। अधिकारको पक्षमा कुरा गर्नुपर्दछ। अवसरका पक्षमा कुरा गर्नुपर्दछ। हिंसाका विरुद्धमा कुरा गर्नुपर्दछ। शान्तिको पक्षमा कुरा गर्नुपर्दछ। सबैले निर्भय भएर बाँच्न पाउनु पर्ने वातावरणको पक्षमा कुरा गर्नुपर्दछ। तपाईंहरुले स्वस्थ लोकतान्त्रिक आचरण व्यवस्थाको कुरा गर्नुपर्दछ। अभ्यासको कुरा गर्नुपर्दछ,' ओलीले भने। 

उनले पत्रकारलाई उदाहरणीय बन्न पनि सुझाए। पत्रकारको जीवनशैली र रहनसहन देखेर अरुले पनि अँ भन्ने खालको हुनुपर्ने उनले बताए। 'तपाईंको जीवनशैली, रहनसहन देखेर अरुले पनि अँ यस्तो हुनुपर्छ भनुन्। तपाईंहरु यस पार्टीसँग सम्बद्ध, आबद्ध, निकट जेजे हुनुहुन्छ। यो पार्टीसँग निकट भएको हुनाले म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु- पत्रकार हुँ भन्ने बित्तिकै, तपाईंलाई हेर्दैखेरि मान्छेहरुले 'ए तपाईंहरु फलानो पार्टीको हो? भनेर आफैं सोधोस्। चिनोस् तपाईंहरुलाई। तपाईंहरुको आनीबानी र व्यवहारले। त्यसरी चिनोस्', उनले भने।

ओलीले पत्रकारको बुद्धि कोल्टो पर्न नहुने, लोकतन्त्र र सामाजिक न्यायका तर्फ कलम चल्नुपर्ने कुरामा पनि जोड दिए।

उनले पत्रकारहरुलाई आफूले सम्प्रेषण गरेको समाचारमा सत्यता छ कि भनेर आशंका गर्ने स्थिति नहोस् भन्ने सुझाव पनि दिए। 'तपाईंहरुले सम्प्रेषण गरेको समाचारमा सत्यता छ कि भनेर कसैले आशंका गर्ने स्थिति नहोस्। तपाईंहरु समाचार स्वार्थका लागि उल्टापुल्टा समाचार नपठाउनुहोस्। आफ्नै स्वार्थका लागि पनि असत्य समाचार सम्प्रेसण नगर्नुहोस्। रिस उठो भने पनि नचाहिने कुरा नलेख्नुहोस्। कहिले कहिले कोही मान्छे मन पर्दैन। यद्यपि मन पराउने नपराउने रिस उठ्ने आदी कुराहरु छोड्दिनुपर्छ। तर. पनि तपाईंहरुलाई रिस उठिहाल्यो भनेपनि रिस उठो भन्दैमा झुटा कुरा नहुने कुरा कसैको बारेमा लेख्नु बाञ्छनिय हुँदैन,' उनले भने।

उनले पत्रकारलाई समयअनुसार आफूलाई अपटुडेट रहन पनि सुझाव दिए। 'यो २१  औं शताब्दीमा तपाईंले आफूलाई अपटुडेट राख्नु भएन भने, नविकरण गर्नु भएन भने दैनिक तपाईंले आफूलाई नविकरण गर्नुपर्दछ। अत्यन्त तीव्रताका साथ दुनिया चलेको छ। विज्ञान प्रविधि र सञ्चार माध्यमको विकासले आफूलाई तीव्रताका साथ तुरुन्तै अद्यावधिक लगातार गर्ने त्यो अवसर तपाईंलाई उपलब्ध गराएको छ। त्यसअर्थ तपाईहरुले आफूलाई अद्यावधिक र नविकरण गर्नुपर्छ,' उनको सुझाव छ।

ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको समेत बताए। सञ्चार माध्यममा प्रकाशित/प्रशारित हुने सामग्रीप्रति असन्तुष्ट सुनिएका उनले सञ्चार माध्यमले झुटो छाप्ने गरेको भन्दै आफू निकट पत्रकारलाई त्यस्तो अभ्यास नगर्न सुझाव दिएका छन्।

'अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिका र सञ्चार माध्यमहरु। राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न', आफू पक्षीय प्रेस संगठनको भेलामा उनले भने।

प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैं पछि लाग्ने भन्दै आफू निकट पत्रकारलाई साँचो पत्रकारिता गर्न पनि सुझाव दिए।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु
सुनको मूल्य वृद्धि
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट
सम्बन्धित सामग्री
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। उक्त बैठक सभापति रवि लामिछानेको निर्... आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो। आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसद्का सभामुख नुमान कुर्तु... आइतबार, वैशाख ६, २०८३
ताजा समाचारसबै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता आइतबार, वैशाख ६, २०८३
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्