काठमाडौं– प्रतिविद्रोह र जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक राधिका थापा बनेकी छिन्। निकै चुनौतीपूर्ण मानिने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम थापाले सम्पन्न गरेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
अहिलेसम्म महिला सिपाहीले यो तालिम गरेका थिएनन्। यो तालिम कात्तिक १८ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको थियो। थापा प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत छिन्।
सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपाकिला–२ थापाटोलकी थापा २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन्।
सैन्य आधार तालिम पश्चात मिति २०७० जेठ २४ गतेबाट श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत रहेकी थिइन्।
यो तालिम गर्न उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने विश्वास गरिन्छ। तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, वगलनभि, सरभाइवल टेक्निक्स तथा सर्पदंश व्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान सिकाइन्छ।
थापा बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ् एण्ड मेन्टिनेन्स तालिमसमेत सफलताका साथ सम्पन्न गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।