काठमाडौं- 'आइएमई पे'ले आफ्नो एप अद्यावधिक गरेको छ। आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।
एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको कम्पनीको भनाइ छ। चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ।
बैंकिङ पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ। आइएमई पे वालेटमा कम्तिमा १ हजार रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पेमार्फत पैसा पठाउँदा निशुल्क सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ।
आइएमई पेमा आवद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरी कारोबार गर्दा प्रतिकारोबार १ रूपैयाँबाट सेवाशुल्क सुरू हुने कम्पनीको भनाइ छ। आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ।
आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।