काठमाडौं–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज बिहीबार वडास्तरीय प्रदर्शन गर्दैछ। कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो।
सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।
प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ स्थानीय तहमा विरोध गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।