वाशिङटन–अमेरिकी राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषदमा १२ जना महिला समावेश गरिएका छन्। मन्त्रिपरिषद्स्तरका २६ जनामा उपराष्ट्रपति कमला ह्यारिससहितका १२ जना महिला मन्त्रिपरिषदमा रहेका हुन्। जसमा अर्थमन्त्रीमा डा. जानेट यलेन, गृहमन्त्रीमा डेब हाल्याण्ड, वाणिज्यमन्त्रीमा जिना राइमण्डो, भवन तथा सहरी विकासमन्त्रीमा मार्सिया फज, ऊर्जामन्त्रीमा जेनिफर ग्रानहोल्मलगायत रहेका छन्।
यस्तै, विदेशमन्त्रीमा एन्टोनी ब्लिंकेन, रक्षामन्त्रीमा लोयड अस्टिन, न्यायमन्त्रीमा मेरिक गाल्याण्ड, कृषिमन्त्रीमा टम भिल्स्याक, श्रममन्त्रीमा मार्टली वाल्स, स्वास्थ्यमन्त्रीमा हाभियर बसेरा, यातायातमन्त्रीमा पिट बुटाजज, शिक्षामन्त्रीमा मिगेल कार्डोनालगायत छन्।
मन्त्रिपरिषदमा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।