काठमाडौं- पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजनसम्बन्धी विवादको निरुपण गर्न आयोगलाई कम्तीमा ६० दिन लाग्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले यस्तो बताएका हुन्।
'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजनसम्बन्धी विवादको निरुपण गर्न आयोगलाई कम्तीमा ६० दिन लाग्छ। प्राविधिक समस्या पनि छन्। यसकारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो छ,' उनले भने।
पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन्। उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे।
पोखरेलले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तीमा ६० दिन लाग्ने बताए। निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाइ छ।
पोखरेलले अदालतले प्रतिनिधि सभा विघटन वा पुर्नस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी उनको छ। मुलुक मुठभेडको राजनीतिमा जाने उनले उल्लेख गरे।
निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटि सच्याउनुपर्ने उनको भनाइ छ। वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको पनि उनले तर्क गरे। पोखरेलले प्रतनिधि सभा बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरूले विश्राम लिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विघटन संविधान विपरीत भएको बताइन्। सरकार गठन हुन सक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनले उल्लेख गरिन्।
यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताए।
कार्यक्रममा सहभागीहरुले समेत प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो धारणा व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।