काठमाडौं- पछिल्लो दुई सातादेखि निरन्तर उकालो लागेर मंगलबार ५.५७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार फेरि लयमा फर्किएको छ। बुधबार नेप्सेमा १५.८७ अंकको सुधार आएको हो। बुधबार नेप्से २३४२.७६ अंकमा कायम भएको छ।
२११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर ५३ हजार ३ सय ३४ पटक खरिद बिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ समूहमा २.४३, व्यापार समूहमा ८.९२, होटल समूहमा २२.७७, उत्पादन समूहमा ६२.९४ र अन्य समूहमा ११.७७ अंकले घटेको छ।
त्यस्तै जीवन बीमा समूहमा सबैभन्दा बढी ७२९.३७ अंकको वृद्धि देखिएको छ। विकास बैंक समूह २.१, जलविद्युत समुह ५३.५९, फाइनान्स समूह ४५.९६, निर्जीवन बिमा समूह १८५.९८ र लघुवित्त समूह २९.१९ अंकले बढेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ६१ करोड ४० लाख ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु बैंकको ६ लाख ४६ हजार ५ सय कित्ता सेयर खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।