काठमाडौं–प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्धामा बहस गर्न थप वकिलले अब नाम टिपाउन नपाउने भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसमा वकालतनामा गर्नेको संख्या धेरै भएपछि थपलाई अवसर नदिइने भएको हो। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहस गर्न २५० भन्दा बढी वकिलले नाम सूचीकृत गरेका छन्।
बहसका लागि वकिलहरुले धेरै समय खर्चिएपछि समयसमेत निर्धारण गरिएको छ। बुधबारदेखि प्रत्येकले आधा घन्टाभित्र आफ्नो बहस सक्नुपर्ने नियम बनाइएको छ।
गत आइतबारदेखि प्रतिनिधि सभा विघटनविरुद्धको मूल विषयले बहसमा प्रवेश पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।