काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन्। केयुका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केयु उपकुलपतिमा प्राडा थापालाई नियुक्त गरिएको जानकारी दिए।
यसअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा थापा सहित प्राडा बालचन्द्र लुइँटेल र डा रामकण्ठ माकजुको नाम सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।