वाशिङटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइटहाउस छाड्नुअघि नयाँ प्रशासनलाई शुभकामना दिएका छन्। आफ्नाे बिदाइ भिडियो सन्देशमा उनले अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना दिएका छन्।
‘यो साता हामीले नयाँ प्रशासनको सुरुवात गर्दैछौं। र अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना गर्दछौं। हामी शुभकामना दिन चाहन्छौं,’ उनले भनेका छन्।
उनले आफ्ना उपलब्धीहरु उल्लेख गर्दै अमेरिकी जनताका लागि कडा मिहिनेत गरेको बताएका छन्। कोरोना महामारीका समयमा अमेरिकी अर्थतन्त्र सुस्त गतिमा भए पनि आर्थिक प्रगति भएको उनले बताएका छन्।
ट्रम्पले जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाको आलोचना गर्दै राजनीतिक हिंसा अमेरिकीहरुका लागि कहिल्यै पनि सह्य नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।