काठमाडौं- ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ। मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए।
सहयोगको शिलशिला सुरु भएको र आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने मेयर महर्जनले बताए।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ। अस्पताल अन्तर्गतको स्याटलाइट अस्पतालले देशभर सेवा दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।