काठमाडौं- गायक धुव्र केसीको स्वास्थ्य अवस्था गम्भीर भएको उनका आफन्तले बताएका छन्। संगितकार गोपाल योञ्जन, नारायण गोपाल, तारा देवीजस्ता व्यक्तित्वसँग सहकार्य गरेका केसीको अवस्था गम्भीर छ।
बगी जाने खोला यो निष्ठुरीको मायालाई, मायालु हजार हुन्छन्, तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो, नरोउ नरोउ साइँलीजस्ता सदाबहार गीत गाएका छन्।

लामो समयदेखि पर्किन्सन, पक्षघातजस्ता रोगले ग्रस्त उनी अहिले भने बेहोसी अवस्थामा पुगेको उनका भन्जा प्रविन निरौलाले जानकारी दिए।
उनलाई स्वास्थ्य उपचारका लागि भैँसेपाटीस्थित केयर सेन्टरमा राखिएको छ। विसं. २००३ मा जन्मिएका उनी अहिले ७५ वर्षमा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।