फाइल तस्बिर
काठमाडौं- नेकपाको प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईले तानाशाही चुनावबाटै आउने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले यस्तो बताएका हुन्।
आफूपक्षीय प्रेस संगठनको भेलामा बोल्दै उनले भने, 'तानाशाह अन्तबाट होइन‚ चुनावबाट नै आउँछन्। हिटलर, मुसलिनो पनि चुनावबाटै आएका थिए। ओली पनि चुनावबाटै आएका हुन्।'
अहिलेको आन्दोलन पार्टी बलियो बनाउन र मन्त्री पदका लागि नभई संविधान र लोकतन्त्र बचाउनका लागि गरिएको उनको भनाइ थियो।
आफूहरुले गरिरहेको आन्दोलनलाई नेता भट्टराईले दूध बेच्ने आन्दोलनको संज्ञा दिए। उनले भने, 'यो आन्दोलन रक्सी बेच्ने होइन। दूध बेच्ने आन्दोलन हो। सबैलाई हित गर्ने पोषणयुक्त आन्दोलन हो।'
उता ओलीपक्षको अभियानलाई रक्सी दृष्टिबाट विश्लेषण गरे। उनले रक्सी आकर्षक बोतलमा लेबल मिलाएर राखिएकाले राम्रो देखिने र त्यो बेच्न पनि सजिलो भएको उनको भनाइ थियो।
तर आफूहरुको आन्दोलन दूध बेच्ने भएकाले बेच्न संघर्ष गर्नुपर्ने उनको भनाइ थियो।
‘पुष्पलालले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टीको लिगेसी माधव नेपाल र प्रचण्डसँग छ‚’ उनले भने‚ ‘पुष्पलालको प्राधिकारिक रुपमा मैले उहाँहरुलाई बुझेको छु।’
सरकारले अधिकतम बल लगाइसकेकाले घुँडा टेक्नुको विकल्प नभएको बताए। उनले भने, 'प्रधानमन्त्रीको बैंस चढेको छ। त्यो बैंसको उच्चतम स्तर हो। अब बैंस ओरालो लाग्ने हो। त्यसैले धेरै बल गर्नुपर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।