काठमाडौं-सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि झापाको भद्रपुर नगरपालिका–५ स्थित नेपाल-भारत सीमा नाकानजिक मेची पुल पारी अस्थायी प्रहरी बिट स्थापना गरिएको छ। बिटको भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले एक कार्यक्रमबीच उदघाटन गरे।
गत जेठ २४ गतेबाट निर्माण सुरु भएको उक्त बिट १६ लाख ८० हजार ६ सय ५८ रुपैयाँको लागतमा सम्पन्न भएको हो।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोकथाम गरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।