काठमाडौँ- काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको हो। 'उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ,' छनौट समिति स्रोतले भन्यो।
सिफारिस हुनेमा डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेल छन्। यी तीन मध्येबाट एक जनालाई मन्त्रिपरषद्ले उपकुलपतिमा नियुक्त गर्नेछ।
शिक्षा मन्त्रालयले केयूको उपकुलपति बन्न योग्यता पुगेका व्यक्तिले मन्त्री श्रेष्ठको व्यक्तिगत इमेलमा खुला प्रक्रियाबाट आवेदन माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।