• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १६, २०८२ Sun, Nov 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इजलासमा न्यायाधीशको प्रश्न- बहस गर्दागर्दै चुनावको तयारी सकिए के गर्ने?

64x64
लिलु डुम्रे सोमबार, माघ ५, २०७७  १८:५३
1140x725

काठमाडौं- आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ मूल विषयमा प्रवेश गरेको छ। त्यही सुनुवाइका क्रममा सोमबार संवैधानिक इजलासमा रहेका न्यायाधीश अनीलकुमार सिन्हाले गम्भीर विषय उठाए। उनले भने, ‘सुनुवाई चल्दाचल्दै चुनावको तयारी सकिएला। चुनावको तयारी भइसकेकाले रोक्न नपर्ला भनेर आदेश गर्नु पर्ने होला। निर्वाचन आयोगले तयारी अघि बढाएको छ। विद्वान् (बहस गरिरहेका अधिवक्ता)हरूलाई यो मेरो जिज्ञासा मात्र।’

आइतबार र सोमबार इजलासमा भएका लम्बेतान बहसतर्फ इंगित गर्दै न्यायाधीश सिन्हाले यस्तो कुरा उठाएका थिए। उनको आशय समयको महत्व बुझेर बहस छोट्याउनुपर्छ भन्ने थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ मूल विषयमा केन्द्रित भएयता दुई दिनमा ६ जना कानुन व्यवसायीले बहस गरेका छन्। 

आइतबार सन्तोष भण्डारी, बद्रिराज भट्ट, डा भीमार्जुन आचार्य र सुनील पोखरेलले बहस गरेका थिए भने सोमबार दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले समय लिएर बहस गरे। आइतबार बहसको अधिकांश समय संविधानविद् आचार्यले लिएका थिए। उनले तीन घण्टाभन्दा लामो समय बहस गरे। आचार्यजस्तै सोमबारको बहसमा पोखरेलले लामो समय लिए। 

दुई दिन भएको बहस हेर्दा सर्वोच्चको फैसला केही हप्तामा आउने सम्भावना देखिँदैन। त्यही देखेरै सोमबार न्यायाधीश सिन्हाले छोट्याउन संकेत गरेका हुन्। 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहसका लागि इच्छुक वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको संख्या १८८ पुगेको छ। तीमध्ये ८० भन्दा बढी वरिष्ठ अधिवक्ता छन्। सरकारको पक्षबाट बहस गर्न इच्छुकको संख्या पनि ४० नाघिसकेको छ। रिट निवेदक देव गुरुङको पक्षबाट बहस गर्ने वकिलको संख्या सबभन्दा धेरै, ६० नाघिसकेको छ। पक्ष र विपक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या अझै थपिने सम्भावना छ। दुई दिन भएको बहस हेर्दा सर्वोच्चको फैसला केही हप्तामा आउने सम्भावना देखिँदैन। त्यही देखेरै सोमबार न्यायाधीश सिन्हाले यस्तो बोलेका हुन सक्छन्। 

आइतबारको बहस शुरु हुँदा एक जना रिट निवेदक, अधिवक्ता सन्तोष भण्डारीले इजलासमा निर्धारित समयबारे जिज्ञासा राखेका थिए। त्यसक्रममा गम्भीर विषय भएकाले समय निर्धारण गर्न नमिल्ने जवाफ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दिएका थिए। इजलासमा राणाले भनेका थिए, ‘यो गम्भीर राजनीतिक विषय हो। टाइम–फ्रेम हामीले दिन मिल्दैन। समयको विचार आफैं गरी बोलिदिनुहोला। रिट निवेदक तपाईंहरू हो।’

आइतबारको बहसमा रिट निवेदक भण्डारी, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र बद्रीराज भट्टले धेरै समय लिएनन्। अरु देशका संविधानको प्रावधान, नेपालको विगतको संविधान, तत्कालीन समयका नजिर, विद्यमान संविधानको व्यवस्था लगायतका विषय विस्तृतमा प्रस्तुत गरेका आचार्यका लागि भने तीन घण्टा बढी समय लागेको थियो। 

बहसको प्रारम्भमा अरु देशका संविधानको व्याख्या गरेका आचार्यले त्यसका लागि आधाजसो समय खर्चेका थिए। प्रतिनिधि सभा विघटन गर्ने अधिकार संसद्लाई मात्र हुने उनको जिकिर थियो। संविधानको धारा ७६ ले सरकार निर्माणका चार विकल्प हुने व्यवस्था गरेकाले प्रधानमन्त्री केपी शर्मा ओली धारा ७६ को उपधारा ७ मा पुग्नै नसक्ने उनको दाबी थियो। सरकार बन्न सक्ने/नसक्ने निर्क्यौल गर्ने क्षेत्राधिकार संसद्‍को रहेकाले संसद्‍को अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्न नपाउने आचार्यको तर्क थियो। देश–विदेश र विगतदेखि वर्तमानसम्मको फेहरिस्त प्रस्तुत गर्दा आचार्यलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

Ncell 2
Ncell 2

अधिवक्ता पोखरेको भनाइ थियो, ‘विघटन सदर गर्ने हो भने संविधान बाँकी रहँदैन। यो व्यवस्था बाँकी रहँदैन। यो प्रधानमन्त्रीको मात्र कुरा होइन, व्यवस्था रहने कि नरहने भन्ने मुख्य प्रश्न हो।’ 

नेपालको संविधान, विगतका संसद्‍ विघटन र अहिलेको विघटनलाई जोडेर सोमबार अधिवक्ता दिनमणि पोखरेलले पनि करिब त्यति नै समय इजलासमा खर्चिए। रिट निवदेक देव गुरुङका तर्फबाट बहसमा सहभागी पोखरेलले विघटनको अधिकार प्रतिनिधि सभालाई मात्रै भएको उल्लेख गरे।

उनले प्रतिनिधि सभा विघटनको मुद्दाको मुख्य विषय संविधान नै रहन्छ कि रहन्न भन्ने भएको भन्दै चिन्ता व्यक्त गरे। उनको भनाइ थियो, ‘विघटन सदर गर्ने हो भने संविधान बाँकी रहँदैन। यो व्यवस्था बाँकी रहँदैन। यो प्रधानमन्त्रीको मात्र कुरा होइन, व्यवस्था रहने कि नरहने भन्ने मुख्य प्रश्न हो।’

संविधान निर्माणका क्रममा शासकीय प्रणालीबारे व्यापक छलफल भएको स्मरण गर्दै उनले राष्ट्रपति निरकुंश हुने आशंकामा प्रधानमन्त्रीय प्रणाली अपनाइएको, त्यो अवधारणालाई प्रधानमन्त्रीले कुल्चिएको टिप्पणी गरे। अधिवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले राजनीतिक हठ देखाउनु भयो। जनताको बीचमा रहेको प्रधानमन्त्रीप्रतिको बुझाइ न्यायाधीशले महसुस गर्नुपर्छ।’

प्रतिनिधि सभाले प्रधानमन्त्रीका कार्यमा निरन्तर सहयोग गरिरहेको उनले इजलासमा सुनाए। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु परेको एउटा कारणप्रति उनले कटाक्ष समेत गरे। कोभिड–१९ नियन्त्रणका लागि प्रतिनिधि सभाले प्रधानमन्त्रीका कदमलाई पूर्ण समर्थन गरेको यथार्थ सुनाउँदै उनले भने, ‘कोभिड नियन्त्रणका लागि दुई तिहाईको सरकार चाहियो भन्दै प्रतिनिधि सभा विघटन गर्न मिल्दैन।’

प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएका आधार र कारण विस्तृतरुपमा राखेका पोखरेल बोल्दाबोल्दै करिब तीन बज्न लागेको थियो। त्यसपछि बहसका लागि आए, अर्का अधिवक्ता सरोजकृष्ण घिमिरे। बहसमा समय धेरै लागेपछि घिमिरेलाई न्यायाधीश सिन्हाले सोधे, ‘कति समय लिनहुन्छ। बोल्ने अरुलाई पनि समय दिनुपर्छ।’ यसअघि बोल्नेहरुलाई ‘समय कति लिने?’ भनेर नसोधिए पनि घिमिरेलाई भने स्वयं समय निर्धारण गर्न सुझाइएको थियो। न्यायाधीशको यस्तो इच्छा बमोजिम घिमिरेले आधा घण्टामा आफ्नो बहस टुंग्याउने वचन दिए। करिब ४५ मिनेट बोलेर पौने चार बजे घिमिरेले बहस टुंग्याए।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:५३
  • #सर्वोच्च
  • #प्रतिनिधिसभाविघटन
  • #संवैधानिकइजलास
  • #दिनमणिपोखरेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै,  महाधिवेशनबारे जुट्ला सहमति ? शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। आइतबार, कात्तिक १६, २०८२
आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार, कात्तिक १६, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले माओवादी नफुट्ने बताए। शनिबार, कात्तिक १५, २०८२
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै आइतबार, कात्तिक १६, २०८२
शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै,  महाधिवेशनबारे जुट्ला सहमति ? आइतबार, कात्तिक १६, २०८२
आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री आइतबार, कात्तिक १६, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्