• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इजलासमा न्यायाधीशको प्रश्न- बहस गर्दागर्दै चुनावको तयारी सकिए के गर्ने?

64x64
लिलु डुम्रे सोमबार, माघ ५, २०७७  १८:५३
1140x725

काठमाडौं- आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ मूल विषयमा प्रवेश गरेको छ। त्यही सुनुवाइका क्रममा सोमबार संवैधानिक इजलासमा रहेका न्यायाधीश अनीलकुमार सिन्हाले गम्भीर विषय उठाए। उनले भने, ‘सुनुवाई चल्दाचल्दै चुनावको तयारी सकिएला। चुनावको तयारी भइसकेकाले रोक्न नपर्ला भनेर आदेश गर्नु पर्ने होला। निर्वाचन आयोगले तयारी अघि बढाएको छ। विद्वान् (बहस गरिरहेका अधिवक्ता)हरूलाई यो मेरो जिज्ञासा मात्र।’

आइतबार र सोमबार इजलासमा भएका लम्बेतान बहसतर्फ इंगित गर्दै न्यायाधीश सिन्हाले यस्तो कुरा उठाएका थिए। उनको आशय समयको महत्व बुझेर बहस छोट्याउनुपर्छ भन्ने थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ मूल विषयमा केन्द्रित भएयता दुई दिनमा ६ जना कानुन व्यवसायीले बहस गरेका छन्। 

आइतबार सन्तोष भण्डारी, बद्रिराज भट्ट, डा भीमार्जुन आचार्य र सुनील पोखरेलले बहस गरेका थिए भने सोमबार दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले समय लिएर बहस गरे। आइतबार बहसको अधिकांश समय संविधानविद् आचार्यले लिएका थिए। उनले तीन घण्टाभन्दा लामो समय बहस गरे। आचार्यजस्तै सोमबारको बहसमा पोखरेलले लामो समय लिए। 

दुई दिन भएको बहस हेर्दा सर्वोच्चको फैसला केही हप्तामा आउने सम्भावना देखिँदैन। त्यही देखेरै सोमबार न्यायाधीश सिन्हाले छोट्याउन संकेत गरेका हुन्। 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहसका लागि इच्छुक वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको संख्या १८८ पुगेको छ। तीमध्ये ८० भन्दा बढी वरिष्ठ अधिवक्ता छन्। सरकारको पक्षबाट बहस गर्न इच्छुकको संख्या पनि ४० नाघिसकेको छ। रिट निवेदक देव गुरुङको पक्षबाट बहस गर्ने वकिलको संख्या सबभन्दा धेरै, ६० नाघिसकेको छ। पक्ष र विपक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या अझै थपिने सम्भावना छ। दुई दिन भएको बहस हेर्दा सर्वोच्चको फैसला केही हप्तामा आउने सम्भावना देखिँदैन। त्यही देखेरै सोमबार न्यायाधीश सिन्हाले यस्तो बोलेका हुन सक्छन्। 

आइतबारको बहस शुरु हुँदा एक जना रिट निवेदक, अधिवक्ता सन्तोष भण्डारीले इजलासमा निर्धारित समयबारे जिज्ञासा राखेका थिए। त्यसक्रममा गम्भीर विषय भएकाले समय निर्धारण गर्न नमिल्ने जवाफ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दिएका थिए। इजलासमा राणाले भनेका थिए, ‘यो गम्भीर राजनीतिक विषय हो। टाइम–फ्रेम हामीले दिन मिल्दैन। समयको विचार आफैं गरी बोलिदिनुहोला। रिट निवेदक तपाईंहरू हो।’

आइतबारको बहसमा रिट निवेदक भण्डारी, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र बद्रीराज भट्टले धेरै समय लिएनन्। अरु देशका संविधानको प्रावधान, नेपालको विगतको संविधान, तत्कालीन समयका नजिर, विद्यमान संविधानको व्यवस्था लगायतका विषय विस्तृतमा प्रस्तुत गरेका आचार्यका लागि भने तीन घण्टा बढी समय लागेको थियो। 

बहसको प्रारम्भमा अरु देशका संविधानको व्याख्या गरेका आचार्यले त्यसका लागि आधाजसो समय खर्चेका थिए। प्रतिनिधि सभा विघटन गर्ने अधिकार संसद्लाई मात्र हुने उनको जिकिर थियो। संविधानको धारा ७६ ले सरकार निर्माणका चार विकल्प हुने व्यवस्था गरेकाले प्रधानमन्त्री केपी शर्मा ओली धारा ७६ को उपधारा ७ मा पुग्नै नसक्ने उनको दाबी थियो। सरकार बन्न सक्ने/नसक्ने निर्क्यौल गर्ने क्षेत्राधिकार संसद्‍को रहेकाले संसद्‍को अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्न नपाउने आचार्यको तर्क थियो। देश–विदेश र विगतदेखि वर्तमानसम्मको फेहरिस्त प्रस्तुत गर्दा आचार्यलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अधिवक्ता पोखरेको भनाइ थियो, ‘विघटन सदर गर्ने हो भने संविधान बाँकी रहँदैन। यो व्यवस्था बाँकी रहँदैन। यो प्रधानमन्त्रीको मात्र कुरा होइन, व्यवस्था रहने कि नरहने भन्ने मुख्य प्रश्न हो।’ 

नेपालको संविधान, विगतका संसद्‍ विघटन र अहिलेको विघटनलाई जोडेर सोमबार अधिवक्ता दिनमणि पोखरेलले पनि करिब त्यति नै समय इजलासमा खर्चिए। रिट निवदेक देव गुरुङका तर्फबाट बहसमा सहभागी पोखरेलले विघटनको अधिकार प्रतिनिधि सभालाई मात्रै भएको उल्लेख गरे।

उनले प्रतिनिधि सभा विघटनको मुद्दाको मुख्य विषय संविधान नै रहन्छ कि रहन्न भन्ने भएको भन्दै चिन्ता व्यक्त गरे। उनको भनाइ थियो, ‘विघटन सदर गर्ने हो भने संविधान बाँकी रहँदैन। यो व्यवस्था बाँकी रहँदैन। यो प्रधानमन्त्रीको मात्र कुरा होइन, व्यवस्था रहने कि नरहने भन्ने मुख्य प्रश्न हो।’

संविधान निर्माणका क्रममा शासकीय प्रणालीबारे व्यापक छलफल भएको स्मरण गर्दै उनले राष्ट्रपति निरकुंश हुने आशंकामा प्रधानमन्त्रीय प्रणाली अपनाइएको, त्यो अवधारणालाई प्रधानमन्त्रीले कुल्चिएको टिप्पणी गरे। अधिवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले राजनीतिक हठ देखाउनु भयो। जनताको बीचमा रहेको प्रधानमन्त्रीप्रतिको बुझाइ न्यायाधीशले महसुस गर्नुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधि सभाले प्रधानमन्त्रीका कार्यमा निरन्तर सहयोग गरिरहेको उनले इजलासमा सुनाए। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु परेको एउटा कारणप्रति उनले कटाक्ष समेत गरे। कोभिड–१९ नियन्त्रणका लागि प्रतिनिधि सभाले प्रधानमन्त्रीका कदमलाई पूर्ण समर्थन गरेको यथार्थ सुनाउँदै उनले भने, ‘कोभिड नियन्त्रणका लागि दुई तिहाईको सरकार चाहियो भन्दै प्रतिनिधि सभा विघटन गर्न मिल्दैन।’

प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएका आधार र कारण विस्तृतरुपमा राखेका पोखरेल बोल्दाबोल्दै करिब तीन बज्न लागेको थियो। त्यसपछि बहसका लागि आए, अर्का अधिवक्ता सरोजकृष्ण घिमिरे। बहसमा समय धेरै लागेपछि घिमिरेलाई न्यायाधीश सिन्हाले सोधे, ‘कति समय लिनहुन्छ। बोल्ने अरुलाई पनि समय दिनुपर्छ।’ यसअघि बोल्नेहरुलाई ‘समय कति लिने?’ भनेर नसोधिए पनि घिमिरेलाई भने स्वयं समय निर्धारण गर्न सुझाइएको थियो। न्यायाधीशको यस्तो इच्छा बमोजिम घिमिरेले आधा घण्टामा आफ्नो बहस टुंग्याउने वचन दिए। करिब ४५ मिनेट बोलेर पौने चार बजे घिमिरेले बहस टुंग्याए।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:५३
  • #सर्वोच्च
  • #प्रतिनिधिसभाविघटन
  • #संवैधानिकइजलास
  • #दिनमणिपोखरेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्