काठमाडौं- प्रतिनिधि सभा विघटनका विरुद्ध परेका रिटमाथि सोमबार भएको बहस सकिएको छ। संवैधानिक इजलासमा आइतबारदेखि विषय केन्द्रित बहस प्रारम्भ भएको थियो।
सोमबारको बहस हेर्दाहेर्दैमा सकिएको छ। अब मंगलबार पनि बहस हुनेछ।
सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले लामो बहस गरेका थिए। उनले प्रतिनिधि सभा विघटन भए संविधान नै बाँकी नरहने बताए।
सोमबारको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनमणि पोखरेल, सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।
आइतबारको बहसमा चार जनाले बहस गरेका थिए। प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्चमा १३ रिट परेका थिए। त्यसमाथि संवैधानिक इजलासमा बहस भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।