काठमाडौं–कोकसँगै खाँदा सामान्य खाना पनि थप स्वादिष्ट बन्छ भन्ने सन्देशका साथ कोकाकोलाले ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ अभियान पुनः सञ्चालन गरेको छ।
५ वर्षदेखि मःमः उत्सव पर्वको रुपमा मनाउँदै आइरहेको कोकाकोलाले यस वर्ष पनि मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टता अभियान मनाउँदैछ।
नेपालका लागि कोकाकोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘कोक र खाना एक उत्कृष्ट जोडी हुन् र हामी हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं।’ कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारित रुपमा भएको जनाइएको छ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएका छन् र हामीले कोकाकोलालाई कुनै पनि प्रकार खानाका लागि उत्तम साझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं। यो अभियानको छैटौं वर्षमा आइपुग्दा, हामी खाना जे होला, स्वाद बढाउन कोकाकोला भन्ने सन्देश प्रवाह गर्न पाउँदा खुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ।’
कोकाकोला कम्पनी नेपालले यस अभियानभर उपभोक्ताका लागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।