झापा–झापाको दमकमा आज सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा ठोक्किएको हो।
बिहान पौने १० बजे भएको दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।